फोटोहरुः भैंसीसँग डराएर रुखमा चढ्यो सिंह, भैसी अल्मलिएको मौकामा हाम्फालेर भाग्यो
नैरोबी। केन्याको लेक नाकुरु राष्ट्रिय निकुञ्जमा एक बब्बर सिंह भैंसीको झुण्डबाट बच्न एउटा रुखमा चढ्यो र उनीहरुबाट बच्नको लागि निकै बेरसम्म रुखमै बसिरह्यो । यो घटनालाई सफारी टुरमा गएका पर्यटकको एक समूहले देखेपछि तस्वीरहरु खिचे । ती तस्वीरहरु डेलिमेलले प्रकाशित गरेको छ ।
समूहमा गएका पर्यटकहरुले बताएअनुसार करिब १०० भैंसीको झुण्डले सिंहको पिछा गरिरहेका थिए । उनीहरुबाट बच्नको लागि सिंह रुखमा चढेको थियो । आफ्नो तौलका कारण उसलाई रुखका हाँगामा अडिन कठिन भएको थियो र ऊ पटक पटक चिप्लिएर तल झरिरहन्थ्यो । ऊ तल चिप्लिँदा भैंसीका बच्चाहरुले उसलाई तलबाट ताने । तैपनि ऊ रुखमा केही माथिसम्म चढ्न सफल रह्यो ।
केन्याका लेक नाकुरु राष्ट्रिय निकुञ्ज घुम्न गएका क्याटर्स न्यूजका निलुतपल बरुआले सिंहकातस्वीरहरु खिचेका थिए । उनका अनुसार आफ्ना साथीहरुको शिकार गर्ने गरेका कारण सिंहसँग रिसाएका भैंसीहरुले रुख हल्लाएर उसलाई खसाल्ने कोसिस गरिरहेका थिए । सिंह भने गर्जिएर भैंसीहरुलाईतर्साउने प्रयास गरिरहेको थियो । यद्यपि सिंह आफैं निकै डराएको थियो । यही बीचमा भैंसीहरु अल्मलिएर आफूबाट ध्यान हटेको मौका पारेर सिंह हाम्फालेर भाग्यो ।
wow wow