नेपाली व्यवसायी संघ कतारमा नयाँ कार्यसमिति, नेतृत्वको जिम्मेवारी पुनः चौलागाइँको काँधमा

डिसी नेपाल
२२ माघ २०७६ १३:३५

दोहा । नेपाली व्यवसायी संघ कतारमा नयाँ कार्यसमिति गठन भएको छ । दोहामा सम्पन्न संघको प्रथम ऐतिहासिक अधिवेशनले नेतृत्वको जिम्मेवारीमा पुनः महेन्द्र चौलागाईँ चयन गरेको छ ।

कतारमा रहेका नेपाली व्यवसायीहरूको साझा संस्था नेपाली व्यवसायी संघ कतारको प्रथम अधिवेशनले  चौलागाइँको अध्यक्षतामा  १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा एनआरएनए आईसीसी सचिवसमेत रहेका आरके शर्मा, नरेन्द्र बहादुर भाट, राज रेग्मी, सागर नेपाल र प्रकाश कोइराला चयन भएका छन । त्यसैगरी महासचिवमा रमेश भट्ट, सचिबमा पुर्ण पोखरिया र सुनिल कुमार घिमिरे, कोषाध्यक्षमा चुडामणि कार्की र सहकोषाध्यक्षमा अब्दुल वासिद चुनिएका छन् । छन् ।

त्यसैगरी निर्वाचित सदस्यहरूमा राम कुमार श्रेष्ठ, नवीन सत्याल, युवराज शर्मा, पिताम्बर चापागाईँ, धन बहादुर बलायर, रामु रेग्मी, बालकृष्ण शर्मा र सुरज बुढाथोकी रहेका छन् । २१ सदस्यीय कार्यसमिति रहनेमा बाकी २ सदस्य संघको प्रथम बैठकले मनोनयन गर्ने बताइएको छ ।

अधिवेशनको लागि प्रमुख अतिथिका रुपमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त दोहा पुगेका थिए ।  अधिवेशनमा विशेष अतिथीका रुपमा नेपाली दूतावासका नियोग उपप्रमुख लक्ष्मण खनाल रहेका थिए ।

अधिवेशनमा बोल्दै प्रमुख अतिथि एनआरएनएका अध्यक्ष कुमार पन्तले कतारमा रहेका व्यवसायीहरूले एनआरएनए अभियानमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि व्यवसायीहरूको एकता कायम रहनेमा आफु आशावादी रहेको बताए ।

संस्थाका महासचिव सागर नेपालले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष नरेन्द्र बहादुर भाटले स्वागत मन्तव्य राखेका थिए भने अर्का उपाध्यक्ष आरके शर्माले सामाजिक उत्तरदायीत्वसहितको व्यवसाय बारे प्रष्ट पारेका थिए ।

कार्यक्रममा संस्थाका संरक्षक देवकाजी डंगोल तथा अतिथिका रुपमा संस्थाका सल्लाहकार तथा एनआरएनए आईसीसी सल्लाहकार टिबी कार्की र पर्शुराम दाहालको सहभागिता रहेको थियो ।

कतारमा रहेका नेपाली व्यवसायीहरू २ वर्ष अगाडि एकीकृत भएर संघको स्थापना गरेका हुन् । कतारमा रहेका नेपाली व्यवसायीहरूको सामूहिक आवाज बन्नका साथै कतार र नेपालको व्यवसायीहरूको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा लगानी ल्याउनका लागि संघले काम गर्दै आएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *