कोरोना भाइसर भन्दा भ्रष्टाचार भाइरस नेपालमा फैलिएको भन्दै राष्ट्रियसभा कविता वाचन
काठमाडौं। समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले चीनबाट फैलिएको कोरोना भाइरस भन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाइरस नेपालमा फैलिएको भन्दै त्यसतर्फ चिन्ता गर्न सरकारलाई सचेत गराएका छन्।
राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले भ्रष्टाचार, चर्को बजार मूल्य र बेरोजगारीको चपेटामा समाज पर्दै गएको र त्यसैमा आधारित भएर युवाहरुले चोक चोकमा मुक्तक गाउने गरेको बताए। उनले भ्रष्टाचार, बेरोजगारी र चर्को बजार मूल्य प्रति व्यंग्य गर्दै उनले बैठकमै कविता वाचन गरी सरकारलाई व्यंग्य गरे।
नेपालीहरु खोज्दैछन् विकास र सम्मृद्धि,
अनायास देख्दै छन् दण्डहीनता र भ्रष्टाचारमा बृद्धि।
तरकारी बजारदेखि सरकारी कार्यालयसम्म भ्रष्टाचार झाँगिसक्यो,
शैशव कालमै सम्मृद्धिलाई कोरोना भाइरसले खाइसक्यो ।।
समानता स्वतन्त्र सिकिस्त छन्, लोकतन्त्र पनि थला परिसक्यो,
संघीयता , गणतन्त्र छटपटिँदै छन् यहाँ।
समावेशीताको पारा झरिसक्यो,
आफ्नै भूमिका नागरिकता दिँदैनौ ठानेर विदेशी।।
के अपराध भो जन्मनु भई जनजाति र मधेशी,
गास,बास ,कपास माग्दा कुरा मात्रै चिल्ला।
जनता आवास, भूमि ऐन पनि कँहा छ र गतिला?
हिँड्ने सडक माग्दा जहाजको कुरा झिक्छौ।।
सत्ता टिकाउन विदेशी डलर पाउन आफैं किन बिक्छौ ?
यहाँ सम्म कि सरकार,
यति सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठिक छौ?
सरकार,
न्याय र समानताको नारा लगाउछौं बेसरी।।
समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?
ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज,
जनता किन भोकै छ् गर्यौ कहिलेही खोज?
देश बनाउन युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान,
के पाए युवाले बिवाय तिरस्कार र अपमान।।
तिमीलाई छुट कसरी? गर्न वाईड वडी र एनसेल काण्ड,
पुर्खाको पौरख गुमाउँदै हसाइ पूरै ब्रह्माण्ड ?
प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासिया,
के गर्यौ सरकार कुखुराको मूल्यले होलीको मुखैमा पिरोलिसक्यो।।
Facebook Comment