गच्छेदार सांसदबाट निलम्बित हुने, अख्तियारको पत्र संसदमा पुगेन

डिसी नेपाल
२२ माघ २०७६ १९:३१

काठमाडांै। बालुवाटारको ललिता निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको प्रकणमा तत्कालीन भौतिक निर्माण तथा योजनामन्त्रीको हैसियतमा नेपाली काँग्रेसका उपसभापति तथा संसदीय दलका उप नेता विजयकुमार गच्छेदार आरोपित भएर मुद्दा भोगेसँगै सांसदबाट निलम्बित हुने भएका छन्।

अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा गच्छेदारमाथि ५ करोड विगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। यो मुद्दा दायर भएको पत्र संसद सचिवालयमा पुगेपछि संसद सचिवालयले सूचना जारी गरेपछि उनी सांसदबाट निलम्बन हुने एक अधिकारीले जानकारी दिए।

संसद सचिवालयका सचिब गोपालनाथ योगीले अख्तियारको पत्र आएपछि निलम्बनको सूचना जारी हुने बताए। उनले बुधबार साँझसम्म अख्तियारको पत्र भने प्राप्त नभएको जानकारी दिए।

गच्छेदार सुनसुरी ३ बाट काँग्रेस उम्मेदवार भई २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी २०४७ को राजनीतिक परिवर्तनपछि भएका सबै चुनावमा निर्वाचित हुने व्यक्तिसमेत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *