भारतीय टिम लगातार तेस्रो पटक आईसीसीको कारवाहीमा

काठमाडौं । भारतीय क्रिकेट टिम लगातार तेस्रो पटक आइसीसीको कारवाहीमा परेको छ। बुधबार सम्पन्न न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय खेलमा ‘स्लो ओभरमा रेट’को कारण आइसीसीले म्याच फीको ८० प्रतिशत जरिवाना लगाएको हो।
न्युजिल्याण्डको हामिल्टनमा भएको खेलमा भारतले चार ओभरमा निर्धारित समयभन्दा धेरैसमय लिएकोले म्याच रेफ्रीले आइसीसीको नियमानुसार प्रति ओभर २० प्रतिशतका दरले जरिवाना गरेका हुन् । भारतीय कप्तान विराट कोहलीले सो आरोप स्वीकार गरेकाले यस केसमा थप सुनुवाईको आवश्यकता नभएको आइसीसीले जनाएको छ ।
यस अघि न्युजिल्याण्डविरुद्धका दुई टी–२० खेलमा पनि भारतलाई आईसीसीले जरिवाना लगाएको थियो। भारतलाई चौथो टी–२० खेलमा ४० र पाँचौ खेलमा २० प्रतिशत जरिवाना गरिएको थियो ।
प्रतिक्रिया
Facebook Comment