आज यूके पाउण्डको भाउ बढ्यो, अन्य देशको कस्तो छ ? हेर्नुहोस् सबै देशको विनिमयदर (सूचीसहित)
काठमाडौं । आज माघ २३ गते बिहीबार यूके पाउण्ड बाहेक सबै देशको विनिमयदर ओरालो लागेको छ ।
सोमबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेपनि मंगलबार, बुधबार र बिहीबार भने निरन्तर घटेको हो ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ २४ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ २२ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ ८८ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ३७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ १५ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७४ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ६० पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ २ पैसा रहेको छ।
Facebook Comment