भिष्म पितामहको नीति : अप्ठेरो परिस्थिति जीवन चक्रको नियमा सहभागी हुन्छ

डिसी नेपाल
२३ माघ २०७६ ८:०२

काठमाडौं। महाभारतको अनुशासन पर्वका अनुसार पितामह भिष्म जब बाणको शैय्यामा सुतिरहेका थिए, तब उनलाई भेट्न पाँच पाण्डव त्यहाँ पुगे। त्यो बेला धर्मराज युधिष्ठिरले वाणको शैय्यामा सुतिरहेका भिष्म पितामहसँग ब्रम्हमहर्षि, देवर्षिका विषयसहित धर्मका विषयमा प्रश्न सोधे।

तत्वज्ञानी र धर्मका जानकार भिष्मले वर्णाश्रम र राग–वैराग्यसहित कयौं धर्म र ज्ञानका कुरा र अनेक रहस्यका विषयमा बताए। योसँगै भिष्मले पाण्डवहरुलाई दानधर्म, राजधर्म, मोक्षधर्म, स्त्रीधर्म र जीवनका अन्य रहस्यमय भेद सम्झाए। धर्म, अर्थ, काम र मोक्ष कसरी प्राप्त गर्न सकिन्छ भनेर भिष्म पितामहले बताएका छन्।

१) परिवर्तन संसारको नियम हो र सबैले यसलाई स्वीकार गर्नुपर्छ। त्यसो भयो भनेमात्र जीवन सुख शान्तिमय हुन्छ।

२) जो व्यक्ति आमा बुवाको सेवा गर्छ, त्यस्तो व्यक्तिलाई यो लोकमा मात्र होइन, परलोकमा पनि मान सम्मान प्राप्त हुन्छ।

३) एउटा राजाले आफ्नो छोरा र प्रजामा भेदभाव गर्नु हुँदैन।

४) आफ्ना गुरुका लागि मान सम्मान र प्रेम व्यक्तिलाई श्रेष्ठ मानिस बनाउँछ।

५) धर्मका कयौं द्वार हुन्छन्। सन्त ती मार्गको विषयमा बताउँछन्। तर सबै मार्गको आधार आत्म संयम हो।

६) मुश्किल अवस्था जीवन चक्रको नियम हो। नआत्तिइकन त्यो अवस्थाको सामना गर्दा मात्रै सफलता प्राप्त हुन्छ।

७) सत्य र धर्मको मार्गमा हिँड्ने एउटा सानो कमिलो एउटा हाती भन्दा धेरै शक्तिशाली हुन्छ।

८) यदि कोही महान व्यक्ति अधर्म र अन्यायको साथ दिन्छ भने यसले धर्मको अगाडि झुक्नु नै पर्छ।

९) सत्ता सुख भोग्नका लागि होइन, यो त कठिन परिश्रम गरेर समाजको कल्याण गर्नका लागि हो।

१०) समय अत्याधिक बलवान हुन्छ, एक क्षणमा समस्त परिस्थितिलाई बदल्न सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *