पूर्व मन्त्री ढकाल अन्तर्राष्ट्रिय सांसद संघको एसिया अध्यक्षमा निर्वाचित

डिसी नेपाल
२३ माघ २०७६ ८:१२

साेल, कोरिया। व्यबस्थापिका संसदका सांसद तथा पूर्व मन्त्री एकनाथ ढकाल विश्व भरिका सांसदहरुको साझा संगठन” इन्टरनेशनल एशोसियसन अफ पार्लियामेन्टरियन फर पिस” (आईएपीपी) को एसिया अध्यक्षमा निर्वाचित भएका छन्। दक्षिण कोरियाको राजधानी सिउलमा भएको विश्व भेलाले ढकाललाई एसियाको अध्यक्षमा चयन गरेको हो

भेलामा विश्वका १२० राष्ट्रबाट करिब ६०० सांसद तथा नेताहरुको सहभागिता रहेको थियो। फेब्रुवरी १ देखि ५ सम्म सिउलको चलेको शिखर सम्मेलनमा “शान्ति, सुरक्षा र मानव विकास” बिषयमा दर्जनौ विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए।

कोरियाको संसद भवन तथा लोटी होटेलमा आयोजित कार्यक्रमलाई कोरियाका सभामुख चुङ्ग स्येक्यून, कोस्टारिका सभामुख जोसे अल्बेर्टो अल्फारो, इजरायलका उपसभामुख हिलिक बार, बोस्निया हर्जेगोविनाका उपराष्ट्रपति मिलन दुनोविक, अमेरिकी सांसद माट सालमोन, परगॊइका पूर्व राष्ट्रपति फेडेरिको फ्रान्को गोमेज़, नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झा, पाकिस्तानी सिनेटका उपाध्यक्ष मौलाना हैड़ेरी, जापानका पूर्व रक्षा मन्त्री ओशिनोरि ओनो, मालवीका सभामुख रिचार्ड म्सोवोया, भारतका पूर्व मन्त्री भुवनेश्वर कलितालगायतले सम्बोधन गरेका थिए। सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, चीन, जापान, कोरिया, फिलिपिन्स, अमेरिका, ब्राजिल, पेरु, रसिया, जर्मनी, टर्की, अस्ट्रेलिया, न्युजिल्यान्ड, इजरायल, प्यालेस्टाइन, सिरिया, दक्षिण अफ्रिका, माली, केन्या, नाइजेरिया लगायतका १२० देशका जनप्रतिनिधि हरुको सहभागीता रहेको थियो।

भेलाले अमेरिकी सांसद डन ब्रुटन र फिलिपिन्सका पूर्व सभामुख जोसे डेभेनेशिया लाइ अन्तराष्ट्रिय सह-अध्यक्षमा निर्वाचित गरेको छ। आईएपीपीले विश्वका सबै समस्या हरुको समाधान गर्न शान्तिपूर्ण संवाद र मेलमिलापको माध्ययमबाट पहलकदमी लिने बताएको छ।

सांसद ढकालले आफ्नो नया जिम्बेवारी पूरा गर्ने क्रममा एशिया प्यासिफिक देशका सरकार, संसद, राजनैतिक दलहरु तथा सांसदहरु संग निरन्तर सम्पर्क र सम्बादमा रहेर यस क्षेत्रको शान्ति, सुरक्षा तथा मानब कल्याणको खातिर प्रयत्नशील रहने प्रतिक्रिया दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *