आइसीसी विश्वकप लिग २: ओमान र अमेरिका भिड्दै

डिसी नेपाल
२३ माघ २०७६ १०:३२

काठमाडौ। आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा भैरहेको त्रिदेशीय श्रृंखलामा आज ओमान र अमेरिका प्रतिस्पर्धा गर्दैछन् । अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा यी दुई टिम पहिलो पटक एक अर्काविरुद्ध खेल्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु भएको खेलमा अमेरिकाले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । १२ ओभरको खेल सकिँदासम्म अमेरिकाले २ विकेटको क्षतिमा ३९ रन बनाएको छ । लिग–२ मा समावेश सात देशमध्ये अमेरिका शीर्ष स्थानमा छ ।

उसले आठ खेलबाट १२ अंक बनाएको छ । ओमान सात खेलमा १० अंक बनाउँदै दोस्रो स्थानमा छ । यो खेलमा ओमानले अमेरिकालाई हराएमा अंक बराबरी गर्ने मौका पाउनेछ । बुधबार भएको खेलमा नेपाललाई ओमानले १८ रनले हराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *