गच्छदार विरुद्धको मुद्दाका विषयमा देउवा निवासमा कानुन व्यावसायीसँग परामर्श

डिसी नेपाल
२३ माघ २०७६ १२:४३

काठमाडौं। आफ्ना उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि काँग्रेसले कानुन व्यवसायीसँग छलफल गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहीबार विहान बसेको कांग्रेसका नेताहरुले कानुन व्यवसायीसँग छलफल गरेका हुन्। सभापति देउवाले कांग्रेस निकट कानुन व्यावसायीलाई अख्तियारले गच्छदारविरुद्ध दायर गरेको अभियोग पत्रका विषयमा जिज्ञासा राखेको बैठकमा सहभागी भएका एक नेताले जानकारी दिए। छलफलमा कांग्रेस निकट कानुनविदहरु प्रेमबहादुर खड्का, शेरबहादुर केसी एकराज पोरखेरलगायत सहभागी थिए।

छलफलमा सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल छलफलमा उपस्थित थिए।

यसैबीच यो विषयमा नेपाली कांग्रेसले आजै आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको छ।  बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको आकस्मिक बैठकले पत्रकार सम्मेलन नै गरेर यो प्रकरणमा पार्टीको धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *