ललिता निवास प्रकरणमा आफू जोगिएपछि बाबुराम भट्टराईले भने–‘असहज महसुस गरेको छु’

डिसी नेपाल
२३ माघ २०७६ १४:११

काठमाडौं। ललिता निवास जग्गा अपचलन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू र अर्का पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कानुनी कारवाही गरिरहनु नपर्ने देखिएको भन्दै जोगाएपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘असहज महसुस गरेको’ बताएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा यस्तो लेखेका हुन् ।

‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुनिआको प्रयत्न स्वागतयोग्य छ । तर प्रथम दृष्टिया यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ । हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ उनले ट्वीटरमा लेखेका छन् ‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसूस गरेको छु । सुर–असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’ बन्न तयार छु तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् । वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *