ईपीएललाई आईसीसीको मान्यता

डिसी नेपाल
२३ माघ २०७६ १६:१४

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ।

आयोजक ईपीएल क्रिकेटले आगामी चैतमा हुने प्रतियोगितालाई आईसीसीले मान्यता दिएको जनाएको छ । चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा संचालन हुनेछ ।

ईपीएलको यस मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति दिएको छ । चौंथो संस्करणको ईपीएलमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस संस्करणमा काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै यस संस्करणको ईपीएलमा वेष्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले पोखरा राइनोजबाट खेल्नेछन् । वेष्ट इण्डिजका अर्का क्रिकेटर ड्वाने स्मिथले भैरहवा ग्लाडीयटर्सबाट खेल्नेछन् ।

श्रीलंकाका ओपनर ब्याट्सम्यान उपुल थरंगाले साविक विजेता ललितपुर प्याट्रियट्सबाट खेल्दा अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद साहजादले चितवन टाइगर्सबाट खेल्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *