‘अदालतले जे गर्छ त्यही हुन्छ’

डिसी नेपाल
२३ माघ २०७६ १७:००

काठमडौं । सरकारले ललिता निवासको जग्गा प्रकण छानविनदेखि मुद्दा दायरसम्म कसैलाई विभेद नगरेको दाबी गरेको छ । मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न विहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले ललिता निवास जग्गा प्रकरणको छानविनमा ‘लाल फित्ता धारी र स्वेतफित्ता धारीको व्यवहार’ नगरेको बताएका हुन् ।

बिजय कुमार गच्छदार माथिको कारवाही पुवर्गाग्रही भएको भन्ने संचारकर्मीको जिज्ञासामा उनले सरकारले कसैलाई पनि विभेद नगरेको बताए । उनले भने ‘यहाँ लाला फित्ता धारी र स्वेता फित्ता धारीको व्यवहार भएको छैन । यो कानुन प्रयोजनको कुरा हो ।”

उनले बालुवाटारको जग्गा प्रकरणमा संलग्नताको आधारमा विभिन्न चरण चरणमा वर्गिकरण गरी सोहीअनुसारको मुद्दा दायर गरिएको फेयरिस्त नै सुनाए।

उनले भने, ‘बालुवाटारको घटना बिहीबार भएको होइन र सुचना प्राप्त भएपछि कारवाही थालेको हो । यसमा १ सय ७५ जनालाई कुलमा मुद्दा चलाईएको छ । पहिलो श्रेणीमा सरकारी सेवा सुविधा लिएर निवासको जग्गालाई व्यक्तिको नाममा दर्ता गराउने कार्यमा संलग्न देखियोे उनीहरु मुद्दा चलाएको छ । जग्गाको धनी वा मोही दाबी गरेर सार्वजनिक जग्गा आफ्नो नाममा ल्याउनेहरुलाई सरकारी जग्गा आफ्नो नाममा ल्याएको अभियोग लगाईएको छ । त्यसैगरी आफ्नो स्वामित्व भएका ६५ जनालाई र्किते गरि व्यक्तिको नाममा ल्याएको जग्गा किन्नेलाई पनि मुद्दा दाबि गरिएको छ ।”

उनले अदालती प्रक्रिया सुरु भईसकेकाले अदालतको फैसलालाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पारे ।

उनले भने ‘प्रक्रिया सुरु भयो अब अदालतमा गएको छ । अब अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम फैसला हुन्छ । त्यो नै सरकारले कार्यान्वयन गर्ने हो । दोषी ठहरीनु भयो भने त के लाग्छ त बाबा ? हामी केही पनि गर्न त सक्दैनौ ।’

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले कोरोना भाईरसको संक्रमण फैलीएको मुलुक चीनबाट ल्याउने नेपालीलाई काठमाण्डौका शिवपुरी, इचंगुनारायण, सूर्यविनायक, खरिपाटीमा क्वारेन्टाईन स्थल बनाई सोही स्थानमा राख्ने तयारी सरकारले सुरु गरेको पनि जानकारी गराए । क्वारेन्टाईन स्थल बनाउने बारेमा प्रधानमन्त्रीले निर्देशन दिईसकेकाले चीनबाट ल्याएका नेपालीलाई राख्ने स्थानको प्रबन्ध मिलाईदै गरिएको उल्लेख गर्दै तयारी पुरा भएपछि ल्याउने काम हुने भएकाले चीनमा रहेका नेपालीलाई धैर्यधारण गर्न र संयमता अपनाउन पनि आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *