गगन थापा भन्छन् : गच्छदारबारे अदालतले गर्ने निर्णय स्वीकार्य, माधव नेपालमाथि मुद्दा नचलाइनु दुरासयपूर्ण
काठमाडौं। बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा दायर गरेको भ्रष्टाचार मुद्दा विवादित बन्न पुगेको छ।
यो मुद्दाका विषयमा सत्ता पक्ष खुशी देखिन्छ भने विपक्षी दल र अन्यहरु अख्तियारले दायर गरेको मुद्दामाथि प्रश्न उठाइरहेका छन्।
नेपाली काँग्रेसले आफ्ना उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि लगाइएको भ्रष्टाचार आरोपलाई राजनीतिक पूर्वाग्रह भनिरहेका बेला सो पार्टीका एक प्रभावशाली नेता गगनकुमार थापाले भने फरक धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमाफर्त ३ बुँदे धारणा सार्वजनिक गर्दै अख्तियारले गरेको अनुसन्धानमा प्रश्न उठाएका छन्। उनले नेकपा महासचिब विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायधीश कुमार रेग्मीले जग्गा फिर्ता गर्छु भनेपछि मुद्दा नचलाउनुलाई हाँस्यासपद भन्दै अख्तियारको अनुसन्धानमाथि प्रश्न उठेको बताएका छन्।
यस्तै उनले गच्छदारबारे अदालतले गर्ने फैसला स्वीकार हुने भन्दै उनी दोषी वा निर्दोश भन्ने अदालतबाट निक्र्यौल हुने बताएका छन्। तर, सार्वजनिक सम्पत्ति बदनियतपूर्व व्यक्तिका नाममा गर्ने निर्णय नीतिगत निर्णय हुन नसक्ने भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालमाथि मुद्दा नचलाइनुलाई दुरासयपूर्ण भनेका छन्। उनले अख्तियारको अनुसन्धान निष्पक्ष नभएकोसमेत जिकिर गरेका छन्।
Facebook Comment