मध्यराती प्रधानमन्त्रीका सल्लाहाकार रिमालले कसलाई भने डिफेण्ड गर्न नजान्ने?

काठमाडौं। प्रधानमन्त्री केपी ओलीका प्रमुख सल्लाहाकार विष्णु रिमालले बिहीबार राती एक कविता सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले कवितामाफर्त एकतिर दुई शिकार गर्न खोजे जस्तो संकेत मिल्छ। उनले कवितामा ‘आफ्नाहरुको डिफेण्ड’ जानेका र गरेकाहरुको एक पंक्ति बनाएका छन् भने अर्को पंक्ति उनले ‘आफ्नाहरुको डिफेण्ड’ गर्न नजान्नेहरुको नियती उल्लेख गरेका छन्। उनले ‘आफ्नाहरुको डिफेण्ड गर्न जान्नुपर्ने’ सन्देश दिएका छन्।
कवितामा कतै स्पष्ट उल्लेख नगरिए पनि उनको व्यंग नेकपा भित्रको गुटबन्दी र नेपाली काँग्रेसले आफ्ना नेता विजयकुमार गच्छदारको बचाउमा गरेको गतिविधितर्फ हुन सक्छ।
यस्तो छ कविताः
तिनिहरू ‘जस्ता’ हुन्
तिनिहरू ‘आफ्ना’ हुन् ।
आफ्ना भएपछि,
आफ्नाको ‘डिफेण्ड’
आफ्नाले नगरे कसले गर्छ?
अघिपछि,
मारामार भएपनि
काटाकाट भएपनि
परि आउँदा ‘उनीहरू’
आफ्ना’को खातिर
मुटु कटक्क खाने जाडोमा पनि
नांगै, भुतुंगै उफ्रिन्छन् ।
उनीहरूलाई थाहा छ –
आफ्नाहरूको ‘डिफेण्ड’
किन र कुन हदसम्म गर्ने
कसरी गर्ने?
‘यिनिहरू’ भने उदेक लाग्दा छन्,
कसको ‘डिफेण्ड’
कसले र किन गर्ने?
बेखवर छन्।
आफ्नाहरूको ‘डिफेण्ड’
कुन हदसम्म र कसरी गर्ने?
‘यिनि’हरूले सिकेकै छैनन्,
या
यिनिुहरूले सिक्नै बॉकी छ!
Facebook Comment