नेपालसँग प्रतिसपर्धा गर्न तयार छौं : अमेरिका (भिडीयो सहित)

डिसी नेपाल
२४ माघ २०७६ ११:०९

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा पाहुना टोली अमेरिका शनिबार आयोजक नेपाल बिरुद्ध खेल्दै छ।

बिहीबार ओमानसँगको खेलमा ६ विकेटको पराजय ब्योहोरेको अमेरिकन टोलिले शनिबार खेलमा पहिलो जितको खोजिमा रहेको छ। ओमानसँग पराजय ब्योहोरे पछि पत्रकारसँगकाे कुराकानीमा अमेरिकन टोलिका कोच र कप्तानले नेपाल सँगको खेलको लागी टिम तयार रहेको बताएका छन्।

शनिबार हुने खेल नेपाल र अमेरिकाको लागी महत्वपूर्ण रहेको छ। घरेलु सर्मथकको बिचमा नेपाल पहिलो जितको खोजिमा रहेनछ। बुधबार भएको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *