इन्भेष्टमेन्ट बैंकको नाफा १५.६६ प्रतिशतले घट्यो

डिसी नेपाल
२४ माघ २०७६ १२:३२

काठमाडौं। चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १५.६६ प्रतिशतले घटेको छ। गत आवको पुसम्ममा १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ नाफा गरेको बैंकले चालु आवको पुससम्म भने १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ।

बैंकले शुक्रबार प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकको व्याज आम्दानीमा नै गिरावट आएका छ। अघिल्लो वर्ष पुससम्ममा ३ अर्व ३१ करोड व्याज आम्दानी गरेको बैंकले चालु आवमा ३ अर्व ६ करोड व्याज आम्दानी गरेको छ।

पुससम्ममा १ खर्ब ४९ अर्ब ९५ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३२ अर्ब ६० करोड ३८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ। गत वर्ष यसै अवधिसम्ममा बैंकको निक्षेप १ खर्ब ४९ अर्ब ३९ करोड २२ लाख रुपैयाँ र १ खर्ब २२ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ कर्जा तथा लगानी थियो।

बैंकको कर्जा तथा लगानी वृद्धि भएपनि निक्षेप वृद्धिदरमा भने सुस्त देखिएको छ। यसैगरी बैंकको खराब कर्जा अनुपात पनि वृद्धि भएको छ। गत आवको पुससम्म २.०४ प्रतिशत रहेकोमा चालु आवको यसै अवधिमा २.९ प्रतिशत पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *