फेरि बढ्यो सुनको मूल्य
काठमाडौं । दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
महासंघले छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ६ सय रुपैँया र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३ सय रुपैयाँ तोकेको छ ।
बुधबार र बिहीबार छापावाला सुन प्रतितोला ७५ हजार २ सय र तेजाबी सुन प्रतितोला ७४ हजार ९ सयमा खरिद बिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला १० रुपैँयाले बढेर ८ सय ८५ पुगेको छ ।
प्रतिक्रिया
Facebook Comment