पुलिसको कठिन जित

डिसी नेपाल
२४ माघ २०७६ १७:०४

काठमाडौं । नेपाल पुलिस क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ ।

सातदोबाटोमा शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस शीर्ष पाँचमा उक्लिएको हो ।

एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन भरत साहले निर्णायक गोल गरे । खेलको २९ औं मिनेटमा भरतले गोल गर्दै पुलिसलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

जितसँगै पाँचौं स्थानमा उक्लिएको पुलिसले ११ खेलमा १७ अंक जोडेको छ । ब्रिगेड ११ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *