सन्दीपलाई युथ आइकन अवार्ड

काठमाडौं । नेपाली स्टार खेलाडी सन्दिप लामिछानेले युथ आइकन अवार्डबाट सम्मानित भएका छन् । काठमाडौं युथ कन्क्लेभले विशेष कार्यक्रमको आयोजना गर्दै क्रिकेटर सन्दिप लामिछानेलाई सो अवार्ड प्रदान गरेको हो। ।
कमलादी स्थित एकेडेमी हलमा भएको कार्यक्रममा सन्दिपले सो अवार्ड पाएका हुन । नेपालका लागि अन्तराष्ट्रिय क्रिकेटमा चर्चा बटुल्दै आएका सन्दिपले पछिल्लो पटक विग ब्यास लिग खेलेका थिए ।
सो कार्यक्रममा तेक्वान्दो खेलाडी आयशा शाक्यलाई पनि अवार्ड दिइएको छ । यसका साथै सो कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई पनि अवार्ड दिइएको थियो ।
प्रतिक्रिया
Facebook Comment