सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गरिने

डिसी नेपाल
२४ माघ २०७६ २१:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले कूल रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले यही माघ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार कूल ९१ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । सोमबार बिक्री गरिने टे«जरी बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ । बैंकले यसअघि पनि रु ९५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *