स्वस्थानी व्रत साङ्गेता लामो समयपछि यस्तो संयोग जुर्दै 

डिसी नेपाल
२४ माघ २०७६ २२:२६

काठमाडौं । पौष शुक्लपक्षको पूर्णिमादेखि माघ शुक्लपक्षको पूर्णिमासम्म महिना दिन चलेको पवित्र स्वस्थानीको व्रत माघ शुक्लपक्षको पूर्णिमातिथि माघ २६ गते आइतबारदेखि समापन हुदैछ । पूर्णिमाको व्रत लिनेहरुका लागि भने माघ २५ गतेका दिन नै पूर्णिमा र पुष्य योग परेको छ यो अत्यन्तै शुभ योगमा गनिन्छ । शास्त्रका अनुसार यस्ता योगको संयोग हुँदा लिइने व्रत तथा उपाशनाले मनोकामना पूर्ण हुनुका साथै घरमा लक्ष्मीको आगमन समेत हुनेछ भनेर मुहुर्त चिन्तामणिमा उल्लेख गरिएको छ । लामो समयको अन्तरालमा यस्तो संयोग जुरेको हो ।

हरेक वर्षको पौष शुक्लपक्ष देखि माघ शुक्लपक्ष सम्म स्वस्थानी व्रत लिने र कथा स्रबण गर्ने धार्मिक विधान रहिआएको । हिमालयकी पुत्री पार्वतीले महादेव स्वमी पाउँ भनी वाग्मतीको किनारमा बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत बसेर मनोकाङ्क्षा पूरा भएपछि उहाकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीमा बसोवास गर्नेहरुको सुख, शान्ति एैश्वय प्राप्त होस कसैले दुख कष्ट भोग्न नपरोस भनेर प्रारम्भ भएको विभिन्न पुराणहरुमा उल्लेख गरिएको छ ।

स्वस्थानीको व्रतको सुरुवात भगवान् विष्णुको सल्लाहमा पहिलो पटक पार्वतीले गरेकी हुन् । महादेवकी पत्नी सतीदेवीले आफ्ना बाबुले गरेको यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालयर मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको हो । आसल सन्तान र सुख सम्पत्तिको तथा मनले चाहेअनुसार बिबाहको कामना सहित गरिने व्रत हो । बिधि पुर्वक बिहान र बेलुका स्वस्थानीको कथा पारायण गर्नु पर्ने छ ।

स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थहरु नेपालमै छन र विशेषगरी काठमाडौंभित्र रहेका छन । कथाका विभिन्न प्रसङ्गमा आएका गुह्येव्वरी, गोकर्ण, श्लेष्मान्तक वन, किरातेश्वर, गौरीघाट, वाग्मती तथा शालीनदी जस्ता क्षेत्रको विशेष वर्णन गरिएको छ । स्वस्थानीमा वर्णन गरिएको लावण्य देश अर्थात शालीनदीमा एक महिना सम्म मेला लाग्ने गरेको छ । मुलुक भर शिवको मन्दिरमा पुजा तथा स्वस्थानीको पाठ सुन्ने प्रचलन रहिआएको छ ।

स्वस्थानी व्रतको साङ्गेता या समापन गर्नका लागि २६ गते आइतबारका दिन वैदिक विधिअनुसार समापन गर्दा मनोकामना पूर्णहुने तथा सन्तान सुख मिल्ने शास्त्रमा उल्लेख गरिएको छ । उक्त दिन समापन गर्नकालागि श्रीस्वस्थानी माताको पुजा तथा पाठ पारायण गरेर पुरै अध्याय समापन गरि पुस्तकोे पञ्चो पचारले पुजारी नयाँ वस्त्रले उक्त पुस्तक बाधेर घरको पुजा तथा मन्दिरमा राखेर दैनिक पुस्तकको पुजा गर्नु पर्ने शास्त्रीय विधान रहिआएको छ। यसरी, समापन गर्दा व्रत वस्नेहरुलाई त राम्रो भैनै हाल्यो हरेक दिन कथा स्रवण गर्नेहरुलाई पनि सुख शान्ति तथा लक्ष्मीको कृपा रहिरहने छ । व्रतको साङ्गेताका दिन समस्त मनोरथ पूर्ण होस् भनी १०८ पुष्प, १०८ अक्षता, १०८ बेलपत्त्र, १०८ पान १०८ सुपारी, १०८ रोटि, लगाएतका सबै १०८ का दरले समर्पण गरि आठ ओटाका दरले आफैले ग्रहण गर्नु पर्ने छ । या जुन कामनाले व्रत लिएको हो तेही पुराहोस् भनी गंगामा चढाएपनि उत्तम फल मिल्ने छ ।

महिना दिन सम्म एक भक्त रहेर श्रीस्वस्थानीको पुजा तथा व्रत वस्नेहरुले गाइको गोबरले लिपेर गोबरको कुण्ड बनाएर उक्त कुण्डमा पुजागरी अर्घ दिएर समापन गर्नु पर्ने विधान रहेको छ । ३६५ मुठ्ठी बराबरको चामलले पूर्णपात्र गर्नु भन्ने शास्त्रीय वचन रहेको छ । यसरी पूर्णपात्र गरेपछि पवित्र नदि तथा तलाउमा गएर पुष्प सेलाएर समापन गर्नु र दान दक्षिणा गर्नुपर्ने नियम रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *