अमेरिकाविरुद्ध करण र सन्दिपको घातक बलिङ, चौथो ओभरमै ४ विकेट गइसक्यो

डिसी नेपाल
२५ माघ २०७६ १४:२६

काठमाडौं । आइसीसी विश्वकप लिग २ मा आज जारी खेलमा नेपालले अमेरिकाविरुद्ध निकै घातक बलिङ गरेको छ । चौथो ओभर चलिरहँदासम्म अमेरिकाले मात्रै १३ रन बनाएको छ र ४ विकेट गुमाइसकेको छ । नेपालका लागि करण केसीले २ र सन्दिप लामिछानेले २ विकेट लिए । अमेरिकाले १९१ रनको लक्ष्य पच्छ्याइरहेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धशतक बनाए । ५० रन बनाएका कुशल मल्लले विश्वरेकर्ड समेत बनाए । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको विश्वरेकर्ड बनाएका हुन् । उनले नेपालकै रोहित पौडेलको रेकर्ड तोडे ।

विनोद भण्डारीले ५९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २१, पारस खड्काले १९, करण केसीले १२ सुसन भारीले ११ रन बनाए । अमेरिकाका लागि क्यामरन स्टेभेन्सनले ३ विकेट लिए । सौरभ नेत्रावल्कर र रोस्टी थेरोनले २–२ विकेट दिए । एल्मोर हचिन्सन, इयान होल्याण्ड र करिमा गोरेले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *