ए डिभिजन लिगः मनाङ र एनआरटीबीचको खेल स्थगित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार हुने भनिएको मनाङ मर्स्याङ्दी र एनआरटीबीचको खेल स्थगित भएको छ ।
लिगमा पहिलो पटक एकै दिन तीन खेल राखिएको थियो । मनाङ र एनआरटीको खेल दिउँसो ३ बजे हलचोकस्थित शसस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा राखिएको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाले खेल सुरु हुनु करिब एक घण्टा सूचना निकाल्दै खेल स्थगित भएको जानकारी दिएको हो ।
एन्फाले प्राविधिक कारणले खेल स्थगित गर्नुपरेको जनाएको छ । स्थगित खेल आईतबार १ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
उपाधि होडबाट बाहिरिसकेको मनाङ लिगमा राम्रो स्थान हासिल गर्न चाहन्छ । एनआरटी भने शीर्ष ६ को दौडमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment