मेलबर्नलाई हराउँदै सिड्नीले जित्यो बीबीएलको उपाधि

काठमाडौं । बीग ब्यास लिगको उपाधि सिड्नी सिक्सर्सले जितेको छ। शनिबार भएको फाईनल खेलमा मेलबर्न स्टार्सलाई १९ रनले पराजित गर्दै सिड्नीले दोस्रो पटक बीबीएलको उपाधि जितेको हो
१२ ओभरको खेलमा सिड्नीले दिएको ११७ रनको लक्ष्य पछ्याएको मेलबर्नले मात्र ९७ रन बनायो। मेलबर्नका निक लार्किनले ३८ तथा कुल्टर नाईलले १९ रन बनाए। यस्तै मार्कुस स्टोईनिसले १० रन बनाउँदा बेन डंकले ११ रन बनाए। सिड्नीका नथान लायन र स्टीभ किफले २–२ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको सिड्नीले १२ ओभरमा ५ विकेट गुमाएर ११६ रन बनाएको थियो। सुड्नीका जोस फिलिपले ५२ रन बनाए। यस्तै स्टीभ स्मिथले २१ तथा जोर्डन सिल्कले २७ रन बनाए। मेलबर्नका एडम जाम्पा र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए।
प्रतिक्रिया
Facebook Comment