जावलाखेलद्वारा फ्रेन्ड्स पराजित

डिसी नेपाल
२५ माघ २०७६ १७:३७

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेलले जित निकालेको छ । शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेलले फ्रेन्ड्सलाई १–० गोल अन्तरले हराएको हो ।

ललितपुरको जितमा फोडे फोफानाले विजयी गोल गरे । खेलको ५८ औं मिनेटमा फोफानाले गरेको गोल फ्रेन्ड्सलाई तीन अंक दिलाउन पर्याप्त बन्यो ।

जितसंगै जावलाखेल लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । जावलाखेलले शीर्ष ६ भित्र रहदै लिगको अन्त्य गर्ने सम्भावना बलियो बनाएको छ । फ्रेन्ड्स १४ अंक सहित तालिकाको नवौ स्थानमा रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *