कोपिलाले लिईन् भलिबलबाट सन्यास

काठमाडौं । नेपाली महिला भलिबलकी राष्ट्रिय खेलाडी कोपिला उप्रेतीले अन्तरराष्ट्रिय भलिबलबाट सन्यास लिएकी छन्।
उनले नेपाल भलिबल सङ्घ (एनभीए)को शनिबार भएको अवार्ड कार्यक्रममा खेलबाट सन्यासको घोषणा गरेकी हुन् । कोपिला नेपाली महिला भलिबल टोलीले दक्षिण एशियाली खेलकूद (साग)को १०आँै र १२औँ संस्करणमा नेपालले कास्य पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य रहेकी थिईन् ।
हालै नेपालमा सम्पन्न १३औँ सागमा उहाँ बीच भलिबल टोलीमा थिईन् । झण्डै डेढ दशक नेपाली टोलीबाट भलिबल खेलेकी कोपिलाले घरेलु भलिबल प्रतियोगिता भने खेल्ने बताईन् । उनलाई भलिबल सङ्घले रु ५० हजारबाट सम्मान गरेको छ ।
प्रतिक्रिया
Facebook Comment