फारवेष्ट पशुपति कपको उपाधि स्टार सिटीलाई

डिसी नेपाल
२५ माघ २०७६ २२:२२

धनगढी । यहाँ भएको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उपाधि स्टार सिटी युवा क्लवले जितेको छ । शनिबार स्थानीय रङ्गशालामा भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा सुदूरपश्चिम—११लाई १–० गोलले पराजित गर्दै स्टार सिटीले उपाधि जितेको हो । स्टार सिटीको उपाधिमा विक्रम सिंहले निर्णायक गोल गरे । सिंहले पहिलो हाफको ईन्जुरी समयको एक मिनेटमा गोल गरेका थिए ।

विजेता बनेको स्टार सिटीले पुरस्कार स्वरुप रु पाँच लाखसहित ट्रफी र मेडल पाएको छ । उपविजेता बनेको सुदूरपश्चिम—११ ले रु दुई लाख ५० हजारमा चित्त बुझाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित स्टार सिटीका कुवेर सिंहले रु २५ हजार प्राप्त गरे ।

विजेता स्टार सिटीकै उत्कृष्ट प्रशिक्षक कुमार शाही, उत्कृष्ट गोलरक्षक प्रियम खड्का, उत्कृष्ट रक्षक राकेश हमाल, सर्वाधिक गोलकर्ता विक्रम सिंह भए । उदयमान खेलाडी फारवेष्ट पशुपति युवा क्लबका रोशन बिसीलाई रु १५हजार पुरस्कार प्रदान गरिएको छ ।

समापनका अवसमा आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावत र धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले पुरस्कार वितरण गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *