एथ्लेटिको मड्रिडको संघर्षपूर्ण जीत

डिसी नेपाल
२६ माघ २०७६ ८:३२

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एथ्लेटिको मड्रिडले ग्रानडामाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एथ्लेटिकोले ग्रानडालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एथ्लेटिकोको जितमा एंगल कोरेयाले खेलको छैठौ मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेको थियो । एथ्लेटिको मड्रिडले यस अघि तीन ला लिगा खेलमा हार बेहोरेकोमा चौथो खेलमा जित हासिल गर्दै कम ब्याक गरेको छ । यस सिजनमा खराब प्रदर्शन गरिरहेको एथ्लेटिको आफ्ना प्रमुख खेलाडी डिएगो कोष्टा र जोअओ फेलिक्स घाइते हुदा पनि दबाबमा रहेको छ ।

यद्यपी यस जितपछि एथ्लेटिको चौथो स्थानमा उक्लिएको छ । २३ खेलमा ३९ अंक रहेको एथ्लेटिको एक खेल कम खेलेको सेभिल्लासँग अंक बराबरी गर्दै चौथो स्थानमा रहेको छ । त्यस्तै ग्रानडाको भने २३ खेलपछि ३० अंक रहेको छ र लिगको १०औ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *