क्रिस्टल प्यालेसमाथि एभर्टनको विजय

डिसी नेपाल
२६ माघ २०७६ ८:३३

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले क्रिस्टल प्यालेसमाथि सहज जित हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको जितमा बेर्नार्ड, रिचार्लिसन र डोमोनिक कल्भर्टले एक एक गोल गरेका थिए । त्यस्तै क्रिस्टल प्यालेसका लागि एक गोल क्रिस्टियन बेनटेकले गरेका थिए ।

यो जितपछि एभर्टन लिगको सातौ नम्बरमा उक्लिएको छ । एभर्टनको २६ खेलमा ३६ अंक भएको छ । त्यस्तै क्रिस्टल प्यालेसको भने २६ खेलमा ३० अंक रहेको छ र लिगको १४औ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *