नेपालले पहिला ब्याटिङ गर्ने, टोलीमा एक परिवर्तन

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयू क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले टोलीमा आज एक परिवर्तन गरेको छ । तीब्र गतिका बलर अभिनाश बोहराको स्थानमा कमल सिंह ऐरीलाई मौका दिएको छ । अभिनाशले ओमान र अमेरिकासँग दुबै खेलमा विकेटविहीन बनेका थिए । जसको कारण आज कमलले मौका पाएका हुन् ।
नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहान्छ । यता ओमान भने नेपाललाई हराउँदै शीर्ष स्थानमा उक्लिने सोचमा छ । ओमानले अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्दै शनिबार घरेलु मैदानमा पहिलो ओडीआई जित हात पारेको थियो ।
प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने
Facebook Comment