प्रवासी नेपाली मञ्च क्यानडाको नेतृत्व चयन, अध्यक्षमा  थापा र सचिवमा खड्का

डिसी नेपाल
२६ माघ २०७६ १०:५०

टोरोन्टो ।  नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले विभिन्न देशमा प्रवास संगठनको विस्तार गरेसँगै क्यानडामा पनि यसको टुंगो लगाइएको छ । पार्टीको प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले प्रवासी नेपाली एकता मञ्च क्यानडाको अध्यक्षमा यसअघिनै मञ्चको नेतृत्व गर्दै आएका रमेश थापालाई नै निरन्तरता दिएको छ भने नेपालको विद्यार्थी राजनीतिक पृष्ठभूमिबाट आएका अशोक खड्कालाई सचिवको जिम्मेवारी तोकिदिएको छ ।

यससँगै क्यानडाभरिबाट बनाइएको ३५ सदस्यीय कमिटीलाई पनि अनुमोदन गरिएको अध्यक्ष थापाले जानकारी दिए । बैठकले दुवै संगठनको एकता गरि विभिन्न ३६ देशहरुमा प्रवासी नेपाली एकता मञ्च गठन गरेको हो।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अंग्रेजी विषय प्राध्यापन गराएका थापाले विश्व विद्यालय र विद्यालयका प्राध्यापक तथा शिक्षकहरूको स्वतस्थायिको विरुद्धमा भएको आन्दोलनमा सफल नेतृत्वदायी भूमिका खेलेका थिए भने तत्कालीन नेकपा एमाले निकट रहि केही संगठनहरुमा पनि सक्रिय भूमिका खेलेका थिए ।थापा नेपाल प्रगतिशील प्राध्यापक संगठनको केन्द्रिय सदस्य समेत रहेका थिए।

क्यानडामा पनि सन् २०१२ देखि नेपाली प्रवासी मञ्चको नेतृत्व गर्दै आएका थापाले पछिल्लो समयमा लेखेका केही गीतहरू चर्चामा छन् भने साहित्यमा पनि उत्तिकै दख्खल राख्ने गरेका छन् ।

यस्तै सचिवमा नियुक्त भएका खड्कासँग पनि नेपाली विद्यार्थी राजनीतिको राम्रो अनुभव छ । ओखलढुंगा र ललितपुर पार्टी जिल्ला कमिटी सदस्य देखि पाटन संयुक्त क्याम्पस ललितपुरको स्ववियु राजनीति गरेको पृष्ठभूमि उनीसँग छ । प्रोग्रेसिभ नेपाली फोरम अमेरिका र कन्सर्न नेपाल क्यानडा लगायतका सामाजिक संघसंस्थामा पनि आवद्ध भएर कार्य गरिसकेका खड्काले अहिले नेपाली प्रवासी एकता मञ्चको सचिवको जिम्मेवारी पाएका हुन्।

डिसी नेपालसँग संक्षिप्त कुरा गर्दै नव नियुक्त अध्यक्ष थापाले क्यानडामा प्रवासी मञ्चले नेपाली समुदायलाई अहिले सम्म एकत्रित गर्ने प्रयास गर्दै आएको र भविष्यमा पनि समाजलाई मजबुत बनाउन शसक्त भूमिका खेल्ने बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *