नेपालको सुधारिएको ब्याटिङ, सय रन पूरा, २ विकेटको क्षति

काठमाडौं। आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले सुधारिएको ब्याटिङ गर्दै बलियो स्कोरतर्फ अगाडि बढेको छ । नेपालले २२.१ ओभरमा सय रन पूरा गरेको छ । २३ औं ओभरको पहिलो बलमा ज्ञानेन्द्र मल्लले चौका हान्दै नेपालको सय रन पूरा गरेका हुन् ।
अहिलेसम्म नेपालले २ विकेट गुमाएको छ । व्यक्तिगत २२ रनको स्कोरमा ओपनर सुवास खकुरेल आउट भए । पारस खड्का ३८ रनमा आउट भए । २३ औं ओभरको समाप्तिमा नेपालको स्कोर १०७ रन भएको छ । कप्तान ज्ञानेन्द्र मल्ल ४५ रनमा खेलिरहेका छन् । नयाँ ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी आएका छन् ।
प्रतिक्रिया
Facebook Comment