नेपालको तेस्रो विकेट पतन, दीपेन्द्र शून्यमा आउट

काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत ओमानसँग दोस्रो खेल खेलिरहेको नेपालले लगातार दुई विकेट गुमाएको छ। आक्रामक ब्याटिङ गरेका पारस खड्का ३४ बलमा ३८ रन बनाएर आउट भए भने त्यसपछि ब्याटिङ गर्न आएका दीपेन्द्र सिंह ऐरी पनि शुन्य रन बनाएर आउट भए।
नेपालले पहिलो विकेटकमा ओपनर सुवास खकुरेललाई २२ रनमा गुमाएको थियो। नेपालले २५ ओभरमा ११४ रन बनाएको छ।
प्रतिक्रिया
Facebook Comment