आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ । दुई दिनसम्म काँग्रेसको विरोधसँगैै अवरुद्ध भएको संसद् बैठक आज दिउँसो एक बजे बस्ने भएको छ । आज बस्ने बैठकमा विभिन्न ६ वटा सम्भावित कार्यसूची तय गरेको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको तालिका अनुसार आजको बैठकमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संशोधित विधेयकबारे राष्ट्रिय सभाको सन्देशसहित जानकारी गराइने कार्यसूची रहेको छ ।
यसअघि बसेको २३ र २४ माघको प्रतिनिधिसभा बैठकमा राजनीतिक प्रतिशोध साँधेर नेकपा सरकारको प्रभावमा अख्तियारले आफ्ना नेता विजयकुमार गच्छदारमाथि मुद्दा दायर गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधसँगै संसद् बैठक स्थगित हुँदै आएको थियो ।
चर्चित ललिता निवास जग्गा प्रकरणमा पूर्व चार मन्त्रीसहित एक सय ७५ जनाविरुद्ध अख्तियारले मुद्धा दायर गरेको छ । उक्त जग्गा प्रकरणमा काँग्रेसका उपसभापति विजयकुमार गच्छदार पनि मुछिएका छन् ।
Facebook Comment