अस्ट्रेलिया काण्डको ‘च्याप्टर क्लोज’, पीडित नेपाली युवतीको अनुहार भिडियोबाट गायब

डिसी नेपाल
२६ माघ २०७६ १३:२२

काठमाडौं। अस्ट्रेलिया काण्ड भन्दै भाइरल भएको अश्लील भिडियोमा बदनियतपूर्वक नेपाली युवतीको अनुहार जोडिएको विषय साम्य भएको छ । एक नेपाली युवतीले यो भिडियोमा केही ठाउँमा आफ्नो अनुहार देखिने क्लिप जोडेर आफूलाई बदनाम गर्ने प्रयास गरिएको गुनासो गरेकी थिइन् । अहिले यो भिडियोबाट ती नेपाली युवतीको अनुहार देखिने क्लिप हटेको छ ।

यो भिडियो भाइरल भएसँगै नेपाल प्रहरीले भिडियोमा अनुहार जोडिएकी युवतीसँग सम्पर्कको प्रयास गरेको थियो । संयोगले ती युवतीका एक आफन्त नेपाल प्रहरीमा कार्यरत भएको खुलेपछि प्रहरीले उनै आफन्तमार्फत ती युवतीसँग सम्पर्क गर्ने प्रयास गरेको थियो । प्रहरीले तिनै आफन्तमार्फत ती युवतीलाई पत्राचार गरेको थियो ।

प्रहरीले ती युवतीलाई पठाएको पत्रमा युवतीले प्रहरीमा उजुरी दिएमा आफूहरुलाई अनुसन्धान अगाडि बढाइ दोषीलाई कारवाही गर्न सहज हुने भन्दै प्रहरीमा उजुरी गर्न आग्रह गरेको थियो । केही दिनपछि प्रहरीले पत्रको जवाफ पायो । जवाफमा युवतीले भिडियोमा आफ्नो अनुहार देखिने क्लिप हटाइदिन आग्रह गरेकी थिइन् । पत्रमा कारवाही अगाडि बढाउनेबारे केही उल्लेख नभएको र आफ्नो अनुहार देखिने क्लिप भिडियोबाट हटाइदिने कुरामा जोड दिइएको प्रहरीको साइबर क्राइम ब्यूरो स्रोतले बतायो ।

ब्यूरोमा पत्र प्राप्त भएपछि ब्यूरोका आइटी विशेषज्ञहरुले भिडियोबाट उनको अनुहार देखिने क्लिप हटाउने प्रयास थालेका थिए । तर, प्रहरीले पछि भिडियो हेर्दा भिडियोबाट उनको अनुहार देखिने क्लिप हटिसकेको पाइएको ब्यूरो स्रोतले बतायो । ब्यूरोले युवती आफैं सूचना प्रविधिकी विज्ञ भएको र उनैले आफ्नै प्रयासमा आफ्नो अनुहार देखिने क्लिप हटाएको हुन सक्ने अनुमान गरेको छ । यद्यपि त्यो क्लिप कसरी हट्यो भन्ने पुष्टि भने भएको छैन तर नेपाली युवतीको अनुहार देखिने भाग भने हटिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *