कांग्रेसलाई पुरानै अवस्थमा फर्काउन संभव छ : जोशी

डिसी नेपाल
२६ माघ २०७६ १५:४१

दाङ। वीपी विचार राष्ट्रिय समाजका सहसभापति एवं नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले काँगे्रसलाई पुरानै अवस्थामा फर्काउने सम्भावना रहेको बताएका छन्।

वीपी विचार राष्ट्रिय समाज दाङ जिल्ला समितिको आयोजनामा घोराहीमा शनिबार भएको अन्तरक्रिया कार्यक्रममा जोशीले पार्टीलाई बलियो बनाउने आधार प्रसस्तै रहेको बताएका हुन्। पार्टीभित्र गुटबन्दी समाप्त भएपछि मात्र नेपाली काँगे्रसलाई पुरानै अवस्थामा फर्काउन सकिने उनको दाबी छ।

केन्द्रदेखि वडासम्म प्यानल बनाएर चुनाव लडेकै कारण पार्टी कमजोर भएको उनको तर्क छ। त्यसैले पार्टीभित्र गुटबन्दीको अन्त्य गर्न नेपाली काँगे्रसको चौैधौैँ महाधिवेशनमा केन्द्रदेखि वडासम्म प्यानल बनाएर निर्वाचन लडने पद्धतिलाई अन्त्य गर्न सकियो भने गुटबन्दीको अन्त्य हुने उनको दाबी छ ।

वीपी कोइरालाले आफ्नो आत्मवृतान्तमा भनेको ‘काँगे्रसले सिद्धान्तलाई छोडेर सत्तालाई प्राथमिकता दिन्छ त्यो बेला नेपाली काँगे्रस निरर्थक भएर जान्छ’ भन्ने कुरा सुनाउँदै नेता जोशीले काँगे्रसको अहिलेको अवस्थाको नतिजा त्यसैको परिणाम भएको उल्लेख गरे।

उक्त कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले वीपी कोइरालाले नेपाली काँगे्रस बनाएको र वीपी बाहेक सवै नेतालाई नेपाली काँगे्रसले बनाएको उल्लेख गरे। वीपी कोइरालाले विचार दिएको हुनाले नेपाली समाजमा उनी अमर भएको चन्दको दाबी छ। सोही कार्यक्रमका समाजका सदस्य एवं पूर्व राज्यमन्त्री सुरेन्द्र हमालले वीपीको विचारलाई तल्लो तहका कार्यकर्ताहरु माझ पुर्याउन आवश्यकता रहेकोमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *