आई लिगमा किरण सम्मिलित पञ्जाब पराजित

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलकिपर किरण चेम्जोङ सम्मलित पञ्जाब एफसीले भारतीय (आई) लिगमा हार बेहोरेको छ । आइतबार कल्याणीमा भएको खेलमा पञ्जाब शीर्षस्थानको मोहन बगानसँग १–० ले पराजित भएको छ ।
पापा बाबाकार डिएवाराले गरेको गोल खेलको निर्णायक बन्यो । उनले ४२ औं मिनेटमा गोल गरेका थिए । आइतबार खेलमा किरणले पुरा समय खेलेका थिए । सिजनमा यो पञ्जाबको दोस्रो हार हो । यो हारपछि शीर्षस्थानको मोहन बगान र पन्जाबबीचको अन्तर दुरी अझै फराकिलो भएको छ ।
११ खेलमा मोहन बगानको २६ अंक छ । मोहन बगानले ८ खेलमा जित , २ मा बराबरी खेल्दा १ मा हार बेहोरेको थियो । त्यत्तिनै खेलमा पञ्जाबको १७ अंक छ । पञ्जाबले यो खेलमा ४ खेल जित्दा ५ खेलमा बराबरीमा चित्त बुझाउनु परेको थियो । ११ टोलीको सहभागिता रहेको लिगमा रियल कष्मिर १५ अंका साथ तेस्रो स्थानमा छ ।
Facebook Comment