सीमा रक्षाका लागि सशस्त्र प्रहरी बल अहोरात्र लागेको छ : महानिरीक्षक खनाल

डिसी नेपाल
२६ माघ २०७६ २०:२९

कलैया । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शान्ति सुरक्षा, सीमा रक्षाका लागि सशस्त्र प्रहरी बल अहोरात्र खटिरहेको बताएका छन् ।

कबहीगोठ गाँउपालिका–२ मा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्टको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै चोरी पैठारी नियन्त्रण गर्नका लागि विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिए। महानिरीक्षक खनालले सीमा रक्षाका लागि सक्रिय भई निगरानी बढाउन निर्देशन दिए। रु ९९ लाख ९९ हजारको लागतमा दुई वटा आधुनिक भवन, ब्यारेक, कार्यालय, कार्यालय प्रमुखको निवास निर्माण भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, सशस्त्र प्रहरी बल गण नम्बर १२ का गणपति दिगविजय सुवेदी, गाँउपालिकाका अध्यक्ष महेन्द्र यादवलगायतले आफ्नो विचार व्यतm गर्दै भवन निर्माणले सशस्त्र प्रहरीलाई कामकाज गर्न अझै सहज हुने धारणा राखे ।

त्यसैगरी, सिम्रौनगढ नगरपालिकास्थित रहेको वीरेन्द्र चोकमा बीओपी पिपरपातीको नवनिर्मित भवनको प्रदेश २ सशस्त्रका बाहिनीपति राजु अर्यालले उद्घाटन गरेका थिए। भवनको लागत ९९ लाख ९९ हजार ९०६ रहेको सशस्त्र प्रहरी निरीक्षक सुर्दशन अर्यालले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *