क्यामरून निर्वाचनः हिंसा, बहिष्कारको छायाँमा

डिसी नेपाल
२६ माघ २०७६ २१:४१

याउन्डे । विपक्षी दलको निर्वाचन बहिष्कार र स्वतन्त्रतावादी आन्दोलन र हिंसाबीच लाखौँ क्यामरूनवासीले आइतबार मतदानमा सहभागिता जनाएका छन् । विपक्षीको सक्रिया बहिस्कार र सशक्त प्रतिरोधका कारण निर्वाचन छायाँमा परेको देखिएको छ ।

मध्य अफ्रिकी देशको व्यवस्थापिका र स्थानीय काउन्सिलको लागि दुई पटकसम्म निर्वाचन मिति सरेपछि सात वर्षमा पहिलो पटक निर्वाचन भएको हो । प्रमुख विपक्षी दल ‘मुभमेन्ट फर द रिवर्थ अफ क्यामरूनले निर्वाचनको बहिस्कार गर्दै एक जना पनि आफ्नो उम्मेदवार उठाएको छैन ।

विपक्षीको सक्रिय बहिस्कारका कारण विश्वको सबैभन्दा पुरानो र सबैभन्दा लामो समय सेवा गर्ने नेताहरूमध्ये एक राष्ट्रपति पाउल बियाको शासनलाई थप लम्ब्याउनका लागि सहज परिस्थिति देखिएको छैन । प्रतिपक्षी दल नै सहभागी नभएपछि निर्वाचनको आधिकारिकतामाथि नै प्रश्न उठेको छ । छयासी बर्षीय पाउलले कुल ३७ वर्ष क्यामरूनको सत्ताको नेतृत्व गरेका छन् ।

निर्वाचनलाई सम्पन्न गर्न सरकारले ठूलो सङ्ख्यामा प्रहरी र सेना परिचालन गरेको भएपनि ठाउँठाउँमा भिडन्त भएका खबरहरू आएका छन् । तर मतदान केन्द्रमा भने निर्वाचन चलेको करिब छ घण्टासम्म कुनै अप्रिय घटना नघटेको सरकारी अधिकारीहरूले दावी गरेका छन् ।

विपक्षीहरूले निर्वाचनमा सहभागिता नजनाउनका लागि ठाउँठाउँमा अबरोध खडा गरेका स्थानीय सञ्चारमाध्यमहरूमा बताइएको छ । राजधानी याउन्डेमा मतदानको लागि खासै उत्साह देखिएको छैन भने राजधानीबाहिर पनि सहभागिता उल्लेखनीय नदेखिएको पर्यवेक्षक समूहहरूले बताएका छन् ।

मतदाताहरू बिहानको समयमा सामूहिक रूपमा आएका थिए तर दिउसो गर्मीका कारण उल्लेख्य उपस्थिति नभएपनि साँझपख थप सहभागिता हुने अपेक्षा आफूहरूले गरेको एक अधिकारीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *