बंगलादेशले रच्यो ईतिहास, पहिलो पटक यू१९ विश्वकपको उपाधि जित्यो

डिसी नेपाल
२६ माघ २०७६ २२:०८

एजेन्सी । यू१९ विश्वकप क्रिकेटमा बंगलादेशले ईतिहास रचेको छ। बंगलादेशले पहिलो पटक यू१९ विश्वकपको उपाधि जितेको छ। आईतबार भएको फाईनलमा भारतलाई ३ विकेटले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो।

भारतले दिएको १७७ रनको लक्ष्य डीएल मेथडबाट १७० रनमा झरेको थियो। पानी परेर ४६ ओभरमा झारिएको खेलमा बंगलादेशले ४२.१ ओभरमै लक्ष्य पुरा गरेको हो। बंगलादेशका कप्तान अकबर अलीलले ४३ रन बनाउँदै नटआउट रहे। यस्तै परभेज होसेनले ४७ रनको पारी खेले । भारतका रवि बिश्नोईले ४ तथा शसान्त मिश्राले २ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतले ४७.२ ओभरमा सबै विपकेट गुमाएर १७७ रन बनाएको थियो । भारतका यशस्वी जयसवालले ८८ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन्। बंगलादेशका अभिशेक तन्जिा शाकिब र शारिफुल ईश्लामले २–२ विकेट लिए।

बंगलादेशले पहिलो पटक यू१९ विश्वकपको उपाधि जितेको हो। सेमिफाईनलमा न्यूजील्याण्डलाई पराजित गर्दै पहिलो पटक फाईनलमा पुगेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *