ला लिगामा बार्सिलोनाको जीत, तीनवटै गोलमा मेस्सीको असिस्ट

काठमाडौ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिस ३–२ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा फ्रेंकी डि जोंग, सर्जियो बस्क्वेट र क्लेमेन्ट लेंगीएटले एक एक गोल गरेका थिए । बार्सिलोनाका लागि तीनै गोल लियोनेल मेस्सीले असिस्ट गरेका थिए । मेसीले यस सिजनमा ला लिगामा यो सहित १० गोल असिस्ट गरेका छन् ।
रियल बेटिसका लागि सर्जियो कनालेज र नाबिल फेकिरले एक एक गोल गरेका थिए । यस खेलमा दुवै टिमका एक एक जना खेलाडीले रातो कार्ड पाउदा दुवै टिम १० खेलाडीमा सिमित भएका थिए ।
बेटिसका नबिल फेकिर खेलको ७६औ मिनेटमा र बार्सिलोनाका क्लेमेन्ट लेंगीएट खेलको ७९औ मिनेटमा रातो कार्ड खादै बाहिरिएका थिए ।
यो जितपछि बार्सिलोना २३ खेलमा ४९ अंकसहित दोस्रो स्थानमा रहेको छ भने शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको बने २३ खेलमा ५२ अंक रहेको छ । त्यस्तै रियल बेटिसको भने २३ खेलमा २८ अंक छ भने लिगमा १३औ स्थानमा रहेको छ ।
Facebook Comment