मिलान डर्बीमा जीत निकाल्दै इन्टर मिलानले शीर्षको युभेन्टसलाई उछिन्यो

काठमाडौ । इटालियन सिरी ए मा इन्टर मिलानले एसी मिलानलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न मिलान डर्बीमा इन्टरमिलानले एसी मिलानलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा २–० ले अगाडी रहेको एसी मिलानले दोस्रो हाफमा ४ गोल खाँदै खेल गुमाएको थियो । इन्टरका लागि मार्सेलो ब्रोजोभिक, माटियास भेकिनो, स्टेफेन भ्रिज र रोमेलु लुकाकुले एक एक गोल गरेका थिए । त्यस्तै मिलानका लागि आंटे रेबिक र जलाटन इब्राहिमोविचले एक एक गोल गरेका थिए ।
यो जितसँगै इन्टर मिलान युभेन्टसलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । २३ खेलपछि इन्टरको ५४ अंक रहेको छ । त्यस्तै युभेन्टसको पनि २३ खेलमा ५४ अंक रहेपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा झरेको छ । त्यस्तै एसी मिलानको भने २३ खेलमा ३२ अंक छ भने लिगको १० औ स्थानमा रहेको छ ।
Facebook Comment