अन्तिम खेल जित्दै इङल्याण्डले दक्षिण अफ्रिकाविरुद्धको सिरिज बराबरी गर्यो

काठमाडौँ । इङल्याण्डले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको २५७ रनको लक्ष्य पछाएको इङल्याण्डले ४३.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ७ विकेट गुमाउदै २५६ रन बनाएको थियो । यो सँगै तीन खेलको सिरिज १–१ जितसहित बराबरीमै सकिएको छ । सिरिजको दोस्रो खेल बर्षाका कारण हुन नसकेपछि बिना नतिजा सकिएको थियो ।
यस खेलमा इङल्याण्डका बलर आदील राशिद प्लेयर अफ द म्याच बनेका छन् भने दक्षिण अफ्रीकाका कप्तान क्वेटन डिकक प्लेयर अफ द सिरिज बनेका छन् । अब दुवै टिमबीच तीन खेलको टी–२० सिरिज हुदै छ । सिरिजको पहिलो खेल फेब्रुअरी १२ मा हुदै छ ।
Facebook Comment