गम्भीर घाइते भेटिएकी पूर्वसचिव कार्कीकी श्रीमतीको उपचारको क्रममा मृत्यु

डिसी नेपाल
२७ माघ २०७६ १४:१५

काठमाडौं । गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइएकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा मृत्यु भएको छ । सानेपास्थित निवासमा गम्भीर घाइते अवस्थामा भेटिएकी कार्कीलाई स्टार अस्पतालमा उपचारको लागि पुर्याइएको थियो । उनको अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

सोमबार बिहान ललितपुरको सानेपास्थित निवासमा मुना कार्की रगतमा लत्पतिएको र अचेत अवस्थमा भेटिएकी थिइन् । घरमा एक कामदार मृत अवस्थामा भेटिएका थिए । दाङ घर भएका २२ वर्षीय विजय चौधरी घरको बैठक कोठामा नाइलनको डोरी लगाएर मृत झुन्डिएको अवस्थामा फेला परेको एसपी सिंहले जानकारी दिइन् । पूर्वसचिव भने पूजा गर्न बिहानै पशुपति गएका थिए । घरमा भएका कार्कीका एक छोरा पनि स्कुल गएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *