सावित्राको दुई गोलमा गोकुलम फाईनलमा, अनिताको सेथु पराजित

डिसी नेपाल
२७ माघ २०७६ १९:४४

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी रहेको गोकुलम केरेला भारतमा जारी हिरो महिला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बैंगलोरमा सोमबार भएको सेमिफाइनलमा साविक विजेता तथा नेपाली टिमका मिडफिल्डर अनिता बस्नेत रहेको सेथुलाई ३–० ले पराजित गर्दै गोकुलम उपाधि नजिक पुगेको हो ।

गोकुलमको जितमा सावित्राले दुई गोल गरिन् । यस्तै मनिषाले एक गोल गरिन् । पूर्व क्लब समेत रहेको सेथुविरुद्ध २ गोलसँगै सावित्राले लिगमा १५ गोल गर्न सफल भएकी छिन् । सावित्रा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेकी छिन् ।

अब गोकुलमले उपाधिका लागि क्रिप्सासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा क्रिप्साले केन्क्री एफसीलाई ३-१ ले हराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *