गच्छदारको बचाउमा राजनीतिक र कानूनी लडाईँ गर्ने काँग्रेसको निर्णय

डिसी नेपाल
२७ माघ २०७६ २०:०९

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामाथि राजनीतिक र कानूनी रुपमा सामना गर्ने भएको छ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा उपसभापति गच्छदारलाई लागेको मुद्दामाथि राजनीतिक र कानूनी दुवै ढंगले सामना गर्ने विषयमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

उनले बलुवाटार स्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार सरकारको छाँया बनेको निष्कर्श कांग्रेसको रहेको समेत बताए। उनले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मन्त्रीपरिषद्बाट भएको नीतिगत निर्णयमा मन्त्रीलाई तान्न नमिल्ने भएकाले काँग्रेसले राजनीतिक रुपमा समेत सामना गर्ने बताए।

उनले संसदका सन्दर्भमा नेपाली काँग्रेस संसदीय दलले नै निर्णय लिने र यसमा बैठकले कुनै निर्देशन नदिएको समेत बताए। उनले संसदीय दलले आवश्यकता अनुसार मंगलबार निर्णय गर्ने समेत जानकारी दिए।

त्यस्तै बैठकले फागुन तीन गते सरकार गठन भएको दुई वर्ष पुरा हुने र यो अवधिमा सरकारले जनविरोधी विधेयकहरु ल्याएको, प्रतिशोधपूर्ण व्यवहार गरेको, शान्ति सुरक्षाको स्थिति खस्केको र भ्रस्टाचारका विषयलाई कारबाही गर्ने नाउँमा उन्मुक्ति दिदै संस्थागत ढंगले संरक्षण गरेको निष्कर्ष निकालेको प्रवक्ता शर्माले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *