विमानस्थलको आगो नियन्त्रणमा, केही सयम सबै उडानहरु बन्द

डिसी नेपाल
२७ माघ २०७६ २२:३९

काठमाडौं। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कफी सपमा केहीबेर अगाडि आगलागी भएको छ । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको छ ।

विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलमा रहेको विश्राममा रहेको कफी सपमा आगलागी भएको र दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए। आगलागी नियन्त्रणमा आएको र सबै यात्रु सकुशल रहेको उनले बताए।

विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सेवा अझै आधा घण्टासम्म बन्द रहनेछ। नियमक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, विमानस्थलस्थित सुरक्षाका अधिकारीसँग छलफल गरेर छिट्टै विमानस्थल सञ्चालन गरिने महाप्रबन्धक केसीको भनाइ छ। विद्युत् सट भएर आगलागी भएको बताइएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *