स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १.२२ अर्व

डिसी नेपाल
२८ माघ २०७६ १२:०२

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्षको पुसम्ममा १ अर्व २२ करोड रुपैयाँ नाफा कमाएको छ।

गत आर्थिक वर्षको यसै अवधिमा एक अर्व १४ करोड रुपैयाँ नाफा गरेको बैंकको नाफा ७ प्रतिशत बृद्धि भएको हो। चालु आवको पुससम्ममा बैंकले ८० अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २९ करोड ऋण लगानी गरेको छ।

हाल ८ अर्ब १ करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा ५ अर्ब ९ करोड ९० लाख रुपैयाँ छ । बैंकको आधार व्याजदर ७.३३ र स्प्रेडदर ५.९३ प्रतिशत रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *