काठमाडौंमा लाग्यो नारा : खोकनामा बाह्य चक्रपथ चाँहिदैन

डिसी नेपाल
२८ माघ २०७६ १८:३७

काठमाडौं । सरकारले अघि सारेका विभिन्न परियोजनाहरुले ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै खोकना र बुंगमतीबासीहरले विरोध प्रदर्शन गरेका छन् । काठमाडौं तराई द्रुतमार्ग, बाहिरी चक्रपथ निर्माण र स्मार्ट सहर निर्माण जस्ता परियोजनाले नेवार समुदायको सभ्याता र संस्कृति नष्ट गरी ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

खोकना बुङ्मती बचाउ, गुठी सम्पदा जोगाउ भन्ने नारासहित नेवार खोकना र बुङमतीका स्थानीयहरुले राजधानीमा बृहत जनप्रर्दनी ¥याली निकालेका छन् । ‘बोङ खोकनामा बाह्य चक्रपथ चाँहिदैन, बोङ खोकनामा सुरुङमार्ग चाँहिदैन, आइएलओ १६९ को उलंघन गर्न पाईंदैन’, लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको हो ।

उनीहरुले सांस्कृतिक सम्पदा संरक्षणका लागि फास्ट ट्रयाक खारेज गर्नुपर्ने, बाङा खोकनाम स्मार्ट सिटी नचाहिने बताएका छन् । उनीहरुले आदिवासीहरुलाई उठीबास नगर्नपनि आग्रह गरेका छन् । खोकना बुङ्मतीबासीलाई न्याय दिन र राज्यलाई जवाफदेही बनाउन फास्ट ट्रयाक तथा अन्य परियोजना विरुद्ध अदालत जाने चेतावनी पनि उनीहरुले दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *